कमाउन भनी कुवेत पुगेका थिए,तर डेढ महिनामै का’ठको बा”कसमा फ’र्किए😭😭

ताजा समाचार

काठमाडौं ।डेढ महिना अघि बैदेशिक रोजगारीको लागि कुवेत पुगेका जबिन्द्र परियारको ज्य’न गएकाे छ ।दाङका ३६ वर्षीय परियारको कुवेतस्थित पलर्वानिया अस्पतालमा उपचारको क्रममा ज्यान गएकाे हो । उनी ड्युटीमा लागेकाे दुई दिनमै विरा’मी हुन पुगेका थिए । परियार गत सेप्टेम्बर महिनामा कुवेतको मरिना थाई रेष्टुरेन्टमा कामका लागि गएकाे उनका भाइले शैलेन्द्रले बताए ।

शैलेन्द्रका अनुसार उनले ड्युटीमा रहेका बेला एक्का’सी टाउको दु’ख्यो भनेका थिए । त्यसलगत्तै उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालले उनको मस्तिस्कमा क्षयरोग भएको जनाएको थियो ।

त्यसपश्चात डाक्टरहरुले उनको लामो उपचार गरेका थिए । तरपनि उनको ज्या न बचाउन सकेनन् । उनको शव कानुनी प्रकृया पूरा गराई नेपाल ल्याउने काम भइरहेको कुवेत स्थित नेपाली दुतावासले जनाएको छ ।

यो पनि पढ्नुहोस
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी जेठी बुहारी सृजना त्रिपाठी पति प्रकाशको निधन भएसँगै गुमनामजस्तै भइन् । तर उनी पतिको निधनको दुई वर्षपछि राजनीतिमा लागेकी छन् । एक छोराकी आमासमेत रहेकी सृजना यसअघि खासै चर्चामा नआए पनि अहिले एकाएक राजनीतिमा प्रवेश गर्ने तारतम्य देखाएकी छिन् ।

पोखरामा बस्दै आएकी उनी कास्की २ की नेकपा उम्मेदवार विद्या भट्टराईलाई साथ दिँदै चुनावी प्रचार प्रसारमा खुलेर लागेकी छिन् । प्रचण्ड पनि केही दिन पोखरा नै बसेर स्वर्गीय नेता रविन्द्र अधिकारीकी पत्नि भट्टराईलाई भोट मागेका बेला सृजनाले मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी बिद्यालाई नै जिताउन रातदिन भोट माग्नमा ब्यस्त छिन् ।

प्रचण्ड परिवारका अधिकांश सदस्य राजनीतिमा ब्यस्त रहेका बेला राजनीतिभन्दा बाहिर रहेकी प्रचण्डकी जेठी बुहारी पनि राजनीतिमा आउने संकेत गरेकी छन् । प्रचण्डकी कान्छी बुहारी बिना मगर खाने पानी मन्त्री छिन् भने छोरी रेणु भरतपुर महानगरकी मेयर हुन् । परिवारका अधिकांश सदस्य राजनीतिमा लाग्दा सृजना पोखरामा बस्दै आएकी सृजनाले चालेको कदमले कस्तो नतिजा देला केही समयमा नै थाहा लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *