अर्ली महाधिवेशन’को प्र स्तावबाट पछि हटे ओली

ताजा खबर

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच केही दिनको यताको संवादहि नता तो डिँदै पुनः सं वाद सुरु भएको छ । पार्टीका बहु मत सदस्यहरुले ओलीको राजी नामा मा गेपछि उ त्कर्षमा पुगेको नेकपाभित्रको वि वादले गत मंगलबार यता दुई अध्यक्षबीच नै सं वाद हुन सकेको थिएन ।

५ दिनको मौ नता तोड्दै अध्यक्ष प्रचण्ड र अर्का वरिष्ठ नेता झलनाथ खनाल ओलीसँग सं वाद गर्न आइतबार बिहान बालुवाटार पुगेर वा र्ता गरेका थिए । उनीहरुबीच झ ण्डै तीन घण्टा सं वाद भएको थियो । स्रोतका अनुसार आइतबारको तीन नेताबीचको सं वादमा पनि नेताहरुले पुरानै विषयबाट कुराकानी सुरु वात गरेका थिए । त्यसक्रममा नेताहरुबीच कुनै ठो स सह मति नभएपनि संवादलाई निर न्तरता दिन भने उनीहरु सह मत भएका छन् ।

‘संवादको सुरुवात भएको छ । यसलाई निर न्तरता दिँदै उठेका विषयहरुमा थप छलफल गर्ने वातावरण बनेको छ’, अध्यक्ष प्रचण्डले ओलीसँगको संवादपछि आफू निकटका नेताहरुसँग ब्रिफिङ गरेका थिए । बुझिएअनुसार यसअघि ओलीले अघि सारेको ‘अर्ली महाधिवेशन’को प्र स्तावबाट भने उनी पछि हट्ने संकेत देखाएका छन् ।

‘मेरो गोरुको बाह्रै टक्का भनेर सहमति हुँदैन । त्यसैले विधि र प्रकृयाबाटै म छोड्छु । त्यसका लागि अर्ली महाधिवेशन तपाईंहरुलाई स्वी कार्य छैन भने केन्द्रीय समितिले तोकेकै मिति (चैतमा) मा महाधिवेशन गरौँ’,आइतबारको संवादका क्रममा ओलीले भनेका थिए । स्रोत रातोपाटि

Leave a Reply

Your email address will not be published. Required fields are marked *