अमेरिकाको नी ति : चीनमा स त्तापरिवर्तन गराएरै छाड्ने

अन्तरास्ट्रिय

अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले क्यालिफोर्नियाको योर्बा लिन्डास्थित रिचर्ड निक्सन प्रेजिडेन्सियल लाइब्रेरीको मञ्चबाट स्पष्ट रूपमा ट्रम्प प्रशासनको परराष्ट्रनीतिको व्याख्या गरे । चीनसँग पाँच दशकसम्म इंगेजमेन्टको नी ति अपनाएको अमेरिकाले अब सत्तापरिवर्तनको नी ति अँगाल्ने पोम्पेओको भनाइ छ ।

औप चारिक रूपमा परराष्ट्र मन्त्रालयले चीनसँग सह कार्य गर्नेछ तर न्या यिक तथा पार स्परिक हितको मा ग राख्नेछ । अमेरिकी कूट नीतिकर्मीहरूले चीनसँग सहकार्य गरेर कम्युनिस्ट पार्टीलाई सहयोग गर्ने दिन अब गए । वि गतमा कैयौंपटक अमेरिकी राष्ट्रपतिहरूले चिनियाँ कम्युनिजमलाई उ द्धार गरेका छन् । विशेषगरी सन् १९७२ मा निक्सनले, सन् १९८९ मा बुशले अनि सन् १९९९ मा क्लिन्टनले ।

सबभन्दा महत्त्वपूर्ण कुरा त, पोम्पेओले अब नयाँ किसिमको सह कार्य हुने बताए । ‘हामीले चिनियाँ जनताको नजिक पुग्नुपर्छ र उनीहरूलाई स शक्त बनाउनुपर्छ । उनीहरू गतिशील, स्व तन्त्रताप्रेमी छन् र चिनियाँ कम्युनिस्ट पार्टीभन्दा पूरै फरक छन् । व्यक्तिगत तहको कू टनीतिबाट त्यसको आ रम्भ हुनेछ ।’

विश्लेषकहरू पोम्पेओको यो ऐतिहासिक स म्बोधन युद्धको उद्घो ष हो भन्छन् । अमेरिकाले चिनियाँ जनतासँग सीधा सं वाद गर्ने कुराले चीनको असुरक्षित नेतृ त्वको सातो उडाउँछ । त्यसैले चीनका शासक सी चिनफिङका लागि पोम्पेओका शब्द यु’द्धको उद्घो षभन्दा कम छैनन् ।

अमेरिकामा धेरैजना अहिले नयाँ शीतयु’द्धको कुरा गरिरहेका छन् । तर त्यो बेइजिङको संक थन हो र पर्याप्त पनि छैन । चीनले सोभियत संघको पतनदेखि नै यसको कुरा गर्दै आइरहेको छ । अमेरिकीहरू मात्र अहिलेसम्म त्यसप्रति बेखबर थिए ।

चीनविरुद्धको सं घर्षमा केही कुरा नयाँ छ भने अमेरिकीहरूले कम्युनिस्ट पार्टीको चु नौती अमेरिकालाई रहेको समझ बल्ल आएको छ र उनीहरू यस विषयमा केही गर्न खोज्दैछन् ।

अमेरिकाले अहिले बुझ्न खोजेको भए पनि चु नौतीको आधारभूत प्रकृतिका विषयमा पूर्ण सचेतना आएको छैन । चीनको प्रभुत्वलाई मात्र नभई चीनको शासनलाई सबैले स्वीकार गर्नुपर्ने सीले सोच्ने गरेका छन् । उनी आकाशमुनिको सबै ठाउँमा शासन गर्ने अधिकार र जिम्मेवारी चीनको शासकको हुन्छ भन्ने राजवंशकालीन सोचलाई पुनः जगाउन को शिश गरिरहेका छन् ।

त्यसैले सी अमेरिका तथा वेस्टफालियन अन्तर्राष्ट्रिय प्रणाली दुवैको अस्तित्वमै ख तरा हुन् । चीनलाई फेरि एक क्रान्तिकारीले शा सन गरिरहेका छन् । अमेरिकीहरूले चीनको श त्रु तापूर्ण सोच बुझ्न ढि लो गरे । बेइजिङले अमेरिकावि रुद्ध चलाएको ग लत सूचना अभियान नै उनीहरूको दोहोरो चरि त्र र बद मासी स्पष्ट पारेको छ ।

अहिलेसम्म अमेरिकी संस्थापनले बेइ जिङलाई परम्परागत कूट नीतिमार्फत व्यवहार गर्न सकिने ठानेको थियो । अमेरिकाले दशकौंसम्म सोचविचारपूर्ण रणनीति अपनाएको भए पनि त्यसले सी चिनफिङको नेतृ त्वमा रहेको सैन्यीकृत शासनसँग व्यवहार गर्न सकेको छैन ।

चीनको सैन्य आ’क्रा’मकता तर्साउने किसिमको छ । चिनियाँ सेना र देशको नागरिक नेतृ त्व समेत रग त बगाउन उद्यत देखिन्छ । बेइजिङले अहिले संसारभरि वुल्फ वारियर डिप्लोमेसी अर्थात् आ क्रा मक कूट नीति अपनाइरहेको छ । यसलाई परा स्त गर्न निकै दह्रो जवाफ फर्काउनुपर्नेछ ।

चीनका सम्बन्धमा प्रतिमान परिवर्तन ल्याउने बेला भएको छ । ‘स्वतन्त्र राष्ट्रहरूले काम गर्ने समय आइसकेको छ,’ पोम्पेओले भने । पोम्पेओको यो भाषणमा हामी ‘बर्लिनको पर्खाल भत्काऔं’ भन्ने नाराको प्रतिध्वनि पाउँछौं । सबै कुरा दाउमा हुँदा र एक क्षण पनि गुमा उन नहुने अवस्था रहँदा हामीले त्यो ना रा सुनेका थियौं ।स्रोत news25daily

Leave a Reply

Your email address will not be published. Required fields are marked *