बिदेशबाट आउनेले को¥रोना ल्याए= स्वास्थ्यमन्त्री

ताजा खबर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अहिलेसम्म संक्र¥मण देखिएकामध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्तिहरु रहेको बताएका हुन् । नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले सहयोग स्वरुप उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरु बुझ्दै ढकालले अहिलेसम्म देशमा सं¥क्रमण भएका १३ हजार संक्र¥मित मध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदायस्तरमा सं¥क्रमण फेला परेको बताए ।
उनले सोमबार सम्म करिब १३ हजार सं¥क्रमितको संख्या पुगेको र त्यस मध्ये ३ हजार २ सय निको भइसकेकाले अहिले पनि नि¥यन्त्रणमै रहेको बताए ।

मन्त्री ढकालले दैनिक १० हजार पीसीआर परीक्षण गर्ने गरी ल्याबहरुको विस्तार गर्न लागेको समेत जानकारी दिए । अहिले देशभर २२ वटा पीसीआर ल्याबबाट दैनिक ७ हजार ७ सय ९१ परीक्षण सम्भव भएको र अवको केही दिन भित्र देशभर ३३ वटा ल्याब पु¥याई दैनिक १० हजार परीक्षण गर्ने तयारी गरिएको बताए । उनले रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले अप्ठेरो अवस्थामा विरामीको उपचारमा प्रयोग गरिने भेन्टीलेटर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराउँदा स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैको मनोबल बढेको बताए ।

नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले ७ वटा भेन्टीलेटर सहित गगल्स ३ सय थान, सर्जिकल मास्क १ हजार १ सय ५० थान, डिस्पोजेबल कभर ५ सय ५० थान, ग्लोब्स २० हजार थान, बुट ४ सय ५० थान, स्यानिटाइजर २ सय ५० वटा, सोडियम हाइड्रोक्लोराइड ५ लिटरको ४ सय ५० ग्यालेन र साबुन १५ हजार पिस सहयोग स्वरुप उपलब्ध गराएको हो । १ करोड ५७ लाख रुपैयाँ बराबरको यी स्वास्थ्य सामग्री दुई चरणमा उपलब्ध गराइने रेडक्रसले जनाएको छ । आज पहिलो चरणमा केही मास्क, स्यानिटाइजर, साबुन, गगल्स लगायतका सामग्री उपलब्ध गराएको हो । भेन्टीलेटर भने दोस्रो चरणमा उपलब्ध गराउने रेडक्रसले जनाएको छ/स्रोत रातोपाटि

Leave a Reply

Your email address will not be published. Required fields are marked *