अख्तियार विधेयक सच्याउन प्रधानमन्त्री तयार

ताजा खबर

काठमाडौं । निजी क्षेत्रका गतिविधिहरुको अनुसन्धान समेत अ’ख्तियार दुरु’पयोग अनु’सान्धान आयोगले गर्न पाउनेगरी गरिएको व्यवस्था सं’शोधन हुने भएको छ । नेपाल उद्योग परिसंघको १७ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई हेर्ने अन्य विभिन्न निकायहरु रहेको भन्दै त्यसलाई अ’ख्तियारले हेर्नुपर्ने आवश्यकता नरहेको बताएका हुन् । उनले निजी क्षेत्रको माग अनुसार नै सो विधयकलाई स्थगित गर्नेनिर्ण’य गरेको समेत बताए ।

‘निजी क्षेत्रका काम कारबाही र अन्य व्यवसायजजय कुराहरलाई नियमन गर्ने थुप्रै निकाय हुँदाहुँदै अ’ख्तियार किन चाहियो भन्ने तपाइँहरुको भनाई र असहमतिलाई हामी स्वीकार गर्छौं, हाललाई सरकारले यसलाई अघि बढाउँदैन, तपाइँहरुको मागलाई पु’नर्विचार गर्छ’ ओलीले भने ।उनले विश्वमा निजी क्षेत्रले गर्दै आएका असल अभ्यासहरुलाई सिकेर नेपालमा लागु गराउने परिसंघको प्रयास सकारात्मक भएको भन्दै उद्योगीहरुको एउटै मात्रै छाता संगठन बनाउन जोड समेत दिए । ‘उद्योगको क्षेत्रमा, व्यवसायको क्षेत्रमा एउटै मात्रै मजबुत संस्था होस् र त्यसअन्तर्गतका संस्थाले साझा विषयहरुलाई साझा प्रायससहित अघि बढाउनु राम्रो हुन्छ’ ओलीले भने ।

सन् २००२ मा स्थापना भएका परिसंघले अहिले १७ औं साधारणसभा आयोजना गरेको हो । वार्षिक रुपमा साधारणसभा हुने भए पनि ने’तृत्व भने अर्को कार्यकालमा मात्रै परिवर्तन हुनेछ । २÷२ वर्षमा परिसंघको नेतृत्व परिवर्तन हुने प्रा’वधान अनुसार अघिल्लो वर्ष अध्यक्षमा सतीशकुमार मोर चयन भएका थिए ।source ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *