मदनकुमार भण्डारीका विचार अहिले पनि उत्तिकै सान्दर्भिक : पूर्वमन्त्री बाँस्कोटा

ताजा खबर

काभ्रेपलाञ्चोक, १४ असार । नेकपाका केन्द्रीय सदस्य एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले जननेता मदनकुमार भण्डारी परिवर्तनकारी विचारका योद्धा भएको बताउनु भएकाे छ । जननेता भण्डारीको ६९औँ जन्मजयन्तीमा राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियु काभ्रेपलाञ्चोकद्वारा धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित स्मृतिपार्कमा आयोजित स्मृतिसभालाई आज सम्बोधन गर्दै उहाँले जननेता भण्डारीका विचार र सिद्धान्तका यो¥द्धाका रुपमा रहँदै आउनुभएको दाबी गर्नुभयाे ।उहाँले यतिबेला राष्ट्रवादी आन्दोलन चासो र चिन्ताको विषय बनिरहेका बेला जननेताका परिवर्तनकारी विचार मार्गदर्शक भएको बताउनुभयाे । उहाँले भन्नुयाे– ‘भण्डारीका विचार वर्तमान अवस्थामा पनि उत्तिकै महत्व बनेको छ, उहाँका सिद्धान्तले आज पनि समग्र विषयको मार्गदर्शक रहेको छ ।’ जननेता एउटा व्यक्ति मात्रै नभई राष्ट्र रु¥पान्तरणका यो¥द्धा रहेको उनले दोहोर्याउनुभयाे

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका उनले जननेताको सालिक कुनै ढुङ्गाको प्रतिमा मात्रै नभएको दाबी गर्नुभयाे । ‘यो ढालिने सालिक हैन, एउटा अविचलित सालिक हो, जो नेपालीका मनमनमा कहिल्यै नढल्ने गरी रहिरहन्छ’, उहाँले भन्नुभयाे । आन्दोलनहरु विश्रृङ्खलित हुँदा लेनिन र माक्र्स समेतका सालिक ढलेको स्म¥रण गर्दै उहाँले जननेताको सालिकलाई जनताको मन–मस्तिष्कको सालिकको संज्ञा दिनुभयाे ।उहाँले राजनैतिक दौरानमा धेरै योद्धा गुमाएको उल्लेख गर्दै जननेता मार्गदर्शक सि¥द्धान्तको प्रतिपादकमा स्थापित हुनुभएको बताउनुभयाे । ‘उहाँ सांस्कृतिक, सामाजिक र राजनीतिक परिवर्तनमा अनन्त र निरन्तर रुपान्तरकारी विचारक हुनुहुन्थ्यो’ उहाँले भन्नुभयाे । उहाँले जननेताको विचार र दृष्टि¥कोण एउटा सामाजिक, आर्थिक जस्वन पद्ध¥तिका रुपमा ग्र¥हण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयाे ।

उहाँले जननेताको सालिकले उनको बहुआयामिक रुप र विचार प्र¥स्तुत गरिरहने चर्चा गर्दै भन्नुभयाे– ‘ढुङ्गा त बोल्दैन तर जननेताको सालिकले विचार, जीवन्त जीवन र सामाजिक मूल्यमान्यताका पद्धति प्रस्तुत गरिरहेको हुन्छ ।’ जननेताको सालिक कुनै सत्ताको बलमा स्थापित कुनै राजा महाराजाको सालिक नभएको बताउँदै नेपालमा परिवर्तनका निम्ति जीवन उत्सर्ग गर्ने यो¥द्धाको सालिक भएको उहाँले बताउनुभयाे ।उहाँले स्वाभाविक रुपमा फरक कोण र शैलीमा चुनौ¥ती आउने, भइरहने बताउनुभयाे । ‘हामीलाई स्वाभाविक रुपमा विविध चुनौ¥ती आइरहन्छन्, त्यसलाई सामना गरेर अघि बढ्नुपर्दछ, हामीसँग त्यो सा¥हस र साम¥थ्र्य छ’ उहाँले भन्नुभयाे । आफुहरू निरन्तर परिवर्तन र गतिको यात्रामा लागिरहने उहाँको धा¥रणा थियो ।

उहाँले सभाअघि उद्यानमा रहेको जननेताको सालिकमा पुष्पगुच्छा अ¥र्पण गरेका गर्नुभएकाेिथयाे । त¥त्कालीन नेकपा एमालेका महासचिव भण्डारीको २०५० साल जेठ ३ गते दासढुङ्गामा भएको जीप दुर्घटनामा परी निधन भएको थियो ।२००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिनुभएका उहाँले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रि¥कीकरणका लागि ‘जनताको बहुदलीय जनवाद’ (जबज) को सिद्धान्त प्रतिपादन गर्नुभएकाे थियाे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *