कांग्रेसकाे संशोधन प्रस्ताव : फोन ट्यापिङ गर्नुपूर्व अदालतको स्वीकृति लिनुपर्ने

ताजा खबर

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अदालतको अनुमतिबिना कल ट्या¥पिङ (इन्टरसेप्सन) गर्न नदिन माग गर्दै विशेष सेवासम्बन्धी विधेयकमा सं¥शोधन प्र¥स्ताव दर्ता गरेको छ ।विधेयकमाथि शुक्रबार कांग्रेसका २२ जना सांसदले इन्टरसेप्सन गर्न पाउने प्रावधानमा सं¥शोधन दर्ता गराएका हुन् ।

कांग्रेस सांसद गगन थापाले इन्टरसेप्सन मुख्य अनुसन्धान निर्देशकले नभएर विभागले गर्नुपर्ने, तर त्यसका लागि अदालतको पूर्वस्वीकृति लिनुपर्ने भन्दै सं¥शोधन राखेका छन् ।कांग्रेस सांसदहरू मीनेन्द्र रिजाल, मीनबहादुर विश्वकर्मा, ज्ञानेन्द्रबहादुर कार्की, भीमसेनदास प्रधान, पद्मनारायण चौधरी, मीना सुब्बालगायत २२ सांसदले इन्टरसेप्सन गर्नुपरे अदालतको स्वीकृति लिनुपर्ने प्रावधान राख्नुपर्ने भन्दै संशो¥धन द¥र्ता गराएका हुन् ।नेपालीको नागरिकको हकमा सूचना संकलन तथा प्र¥तिगुप्तचरी क्रि¥याकलापका सिलसिलामा अदालतको अनुमति नलिई इन्टरसेप्सन गर्न पाइने छैन भनेर प्रतिब¥न्धात्मक वाक्यांश राख्नुपर्ने उनीहरूको भनाइ छ ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको सो विधेयकमा इन्टरसेप्सनबारे भनिएको छ, ‘नेपालको स्वत¥न्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, रा¥ष्ट्रिय स्वाधीनताको रक्षा गर्न वा रा¥ष्ट्रिय सुर¥क्षाको निमित्त त्यससम्बन्धी सूचना संकलन तथा प्रतिगुप्तचरी क्रिया_कलापको सिलसिलामा अन्य माध्यमबाट सूचना संकलन गर्न सम्भव नभएमा मुख्य अनु¥सन्धान निर्देशकले कुनै सं¥दिग्ध व्यक्ति, संघ, संस्थाबाट सार्वजनिक सञ्चारमाध्यम वा अन्य माध्यमबाट भएका कुराकानी, श्रव्य, दृश्य वा विद्युतीय संकेत वा विवरणलाई निग¥रानी, अनुगमन वा इन्टरसेप्सन गरी अभिलेख गर्न सकिनेछ।विधेयकमा भएको यो प्राव¥धानमाथि विमति जनाउँदै उनीहरुले सं¥शोधन प्र¥स्ताव दर्ता गराएका हुन् ।स्रोत खबरहव

Leave a Reply

Your email address will not be published. Required fields are marked *