सीमा मिचिँदा छाती कुँडिएको भन्दै सय दिने अभियानमा सहभागी हुन हरिवंश आचार्यको आह्वान,,,

बिचार

काठमाडौँ। नेपाली सिनेक्षेत्रका चर्चित तथा बहुप्रतिभाका धनि हरीवंश आचार्यले सामाजिक संञ्जाल मार्फत बिदेशिको हेपाहा प्रवृति र आत्मसम्मान ल’डाईको लागि न्युनतम सय दिने अभियानमा सहभागि हुन आह्वान गरेका छन ।

आचार्यले नेपाली गरिब भएको तर लाचार नभएको भन्दै नेपालले ५१ स्वर्ण जित्दा जसरी गर्वले छातिफुलिएको छ सुस्ता र कालापानी मिचिँदा त्यतिकै मात्रामा नेपालीको छाति कुँडिएको वताएका छन ।

उनले आफ्नो फेसबुक पेजमा मार्फत बिदेशको हेपाहा प्रवृति बिरुध्द हामी सामान्य नागरिक सीमामा गएर उभिन नसकौँला तर यो आक्रोशलाई शक्तिमा बदल्दै हामीले आत्मसम्मानको लडाँई लड्नुपर्ने प्रतिक्रिया दिएका छन ।

आचार्यले भारत प्रतिको आत्मनिर्भर हटाउन आजै देखि बिद्युतिय उपकरण चुलो केन्ट्लिको प्रयोग वढाएर पेट्रोलियम पदार्थको आयातमा कम गर्नु पर्ने सुझाव दिएका छन ।

उनले विदेशि चलचित्रमा समय र पैसा खर्च नगर्न आग्रह गर्दै सलमान खान हरु संग नभएर आफ्ना परिवार र प्रियजन हरु संग समय विताउन सुझाव दिएका छन ।

हामिले घरमै बसेर गर्न सक्ने यि कामले विदेशिलाई सोच्न बाध्य बनाउने भन्दै कलाकार आचार्यले सोच बदलेर देशको समृद्धिमा सहयोग गर्न आह्वान गरेका छन ।

यस्तो छ हरिवंशको पोष्ट

याद गरौँ – हामी गरिब छौँ । तर लाचार होईनौँ। हामी कमजोर छौँ। तर कायर होईनौँ। जसरी ५१ स्वर्ण जित्दा हाम्रो छाती गर्वले फुल्छ। सुस्ता र कालापानीमा हाम्रो सीमा मिचिँदा हाम्रो छाती कुँडिनु पर्छ। बिदेशको हेपाहा प्रवृति बिरुध्द हामी सामान्य नागरिक सीमामा गएर उभिन नसकौँला तर यो आक्रोशलाई शक्तिमा बदल्दै हामीले आत्मसम्मानको लडाँई लड्नुपर्छ।

1. आजै देखि induction चुल्हो, electric केट्लि र electric geyser को प्रयोग बिस्तारै बढाऔँ। बिद्युतमा आत्मनिर्भर हुँदै पेट्रोलियम पदार्थमा भारत माथि निर्भर हुन छाडौँ। बिद्युतीय उपकरणको प्रयोग फाईदाजनक पनि छ।

2. बिदेसी चलचित्रहरु पैसा र समय खर्च गरि गरि नहेरौँ। त्यसले तपाँईको वा तपाँईको सन्तानको ब्यक्तित्व बिकास हुने पनि होईन। सोहि रकम जोहो गरि आफ्नो शहर बजार वरिपरिका रमणीय स्थलमा वनभोज जाऔँ। आन्तरिक पर्यटन प्रवर्द्धन गरौँ। वा खेलकुद प्रतियोगिताहरु (शहिद स्मारक लिग, पोखरा प्रीमियर लिग आदि) अवलोकन गरि नेपाली खेलाडिहरुको हौसला बढाऔँ। ‘सलमान खान’ हरु सँग होईन आफ्नाे परिवार र प्रियजनहरुसँग समय बिताऔँ। खुशी साटौँ।

3. बिदेसी उत्पादनहरुको खपत घटाऔँ। ‘पार्ली जी’ को सट्टा ‘नेबिको’, ‘म्यागी’ को सट्टा ‘रारा’ र स्याम्पु, दन्त मंजन् लगायत विलासी सामग्री सकेसम्म स्वदेशी, नभए अन्य मित्र राष्ट्रका प्रयोग गरौँ। महँगो भए मितव्ययी होऔँ। लहराँउदो केश, टल्किएको दाँत र बासना आउने शरिर – निहुरिएको शिर भन्दा महत्वपूर्ण हुँदैन।

4. आफ्नो आँगन वा कौशीहरुमा सानै परिमाणमा भएपनि तरकारिजन्य खेती गरौँ। लाखौँ घर परिवार यो अभियानमा जोडियौँ भने करोडौँ रुपैयाँ जोगिन्छ। तरकारि खेतीले तपाँईको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पनि पार्नेछ।

हामीले घर बसेरै गर्न सक्ने यी कुराहरु गर्र्यौँ भने हाम्रै अर्थतन्त्रमा सकारात्मक योगदान गर्न सक्नेछौँ। बिदेसिलाई सोच्न बाध्य बनाउन सक्नेछौँ। हामीले दूख गरि कमाएको पैसा वा हाम्रा आफन्तजनले बिदेशमा रगत पसिना बगाई नेपाल पठाएको पैसा पुनः बिदेशमै जान रोक्न सक्नेछौँ। बिदेशीएका लाखौँ आफन्तजन र आफ्ना दूखहरु सम्झिऔँ। कफिनमा फर्किएका लाशहरुप्रति वफादार होऔँ।

आजै देखि न्यूनतम सय दिनको लागि यो अभियानमा सहभागी बनौँ। सोच बदलौँ। देश बदलौँ। गरिब होईन धनी बनौँ। कमजोर होईन शक्तिशाली बनौँ। किनकि याद गरौँ – हामी गरिब छौँ लाचार हौईनौ। कमजोर छौँ तर कायर होइनौ।

नोट- हामिले यस अघि यो समाचार २०७६ पुष १ गते प्रकाशित गरेका थियौ, समय सापेक्षित भएकाले यसलाई पुन प्रकाशित गरिएको छ ।

यो खबर स्वदेस नेपाल मा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *